कोरोना संक्रमणबाट नोबेल मेडिकल कलेजमा थप दुई जनाको मृत्यु
२०७७ कार्तिक ७ गते १३:४४

७ कात्तिक, २०७७ विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
धरानकी मृतक महिला गएको असोज २९ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै मोरङका मृतक पुरुष फोक्सो र मिर्गौलासम्बन्धी समस्यापछि यही कात्तिक ५ गते विहान भर्ना भएकोमा त्यही दिन कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया