भेरी अस्पतालको आकस्मिक कक्षमा बिरामीको निःशुल्क उपचार शुरु

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १३:१९
भेरी अस्पतालको आकस्मिक कक्षमा बिरामीको निःशुल्क उपचार शुरु

७ कात्तिक, २०७७, बाँके । नेपालगन्जको भेरी अस्पतालले इमरजेन्सी कक्षमा उपचारका लागि आउने बिरामीहरुलाई निःशुल्क उपचार गर्न शुरु गरेको छ ।

दुर्घटनामा परेर आकस्मिक रुपमा उपचारका लागि आएका गरिब तथा विपन्न र बेवारिसे व्यक्तिले प्रारम्भिक चरणको अत्यावश्यक उपचार सेवा कात्तिक १ गतेदेखि निःशुल्क पाउन थालेका हुन् ।

दुर्घटनामा परेर प्रहरी वा अन्य व्यक्तिले अस्पतालको इमरजेन्सीमा पुराएका व्यक्ति, अति बिपन्न, गरिब र आर्थिक अभावका कारण प्रारम्भिक तहको उपचारसम्म पाउन नसेका व्यक्तिले अब इमरजेन्सी कक्षमा निःशुल्क उपचार पाउने भएका छन् ।

नेपालगन्जको भेरी अस्पतालको इमरजेन्सी कक्षमा दैनिक ७० देखि ८० जना बिरामी पुग्ने गर्छन् । उनीहरुले अब निर्देशिकाले तोकेको मापदण्ड अनुसार चेकजाँच र औषधि निःशुल्क पाउने छन् ।

भेरी अस्पतालले गरिब तथा विपन्न वर्गका नागरिकहरुका लागि इमरजेन्सी कक्ष बाहेक अस्पतालमा भर्ना भएर उपचार गर्नु परेको अवस्थामा पनि सामाजिक सुरक्षा इकाईमार्फत निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *