Main News

नेपालमा भोलिदेखि विदेशी च्यानलमा क्लिन फिड लागू हुने (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते १८:५१
नेपालमा भोलिदेखि विदेशी च्यानलमा क्लिन फिड लागू हुने (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । नेपालमा भोलिदेखि विदेशी च्यानलमा विज्ञापनरहीत प्रशारण (क्लिनफिड) लागू हुने भएको छ।

कात्तिक ४ गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ८ गतेदेखि पूर्ण रुपमा क्लिनफिड लागू हुने जानकारी दिनुभयो। उहाँले मन्त्रिपरिषदको निर्णय ‘ऐतिहासिक भएको पनि बताउनु भयो ।

२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ यसका लागि मन्त्रालयका सहसचिव डिल्लिराम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ ।

विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएका विषयमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ ।

कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनै पनि सेवा प्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *