कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय फिर्ता गर्न नेफाको माग

५ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा शुल्क लिने सरकारको निर्णय तत्काल सच्याउन नेपाल जनस्वास्थ्य संघ (नेफा)ले सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमितको परीक्षण र उपचार खर्च सरकारले नगर्ने र संक्रमित व्यक्ति स्वयंले गर्ने निर्णयप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकार भएको भन्दै सरकारको निर्णय संवैधानिक व्यवस्था विपरीत रहेको दावी गरेको छ ।
सरकारी कमी कमजोरीका कारण नेपालमा संक्रमण दिनानुदिन बढ्दै गएको र नागरिकको स्वास्थ्यमा मात्र नभई सामाजिक र आर्थिक क्षेत्रमा समेत असर परेको संघको ठहर छ ।
सरकारी निर्णयले नागरिकलाई संवैधानिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित गरेको संघको विज्ञाप्तिमा उल्लेख छ ।
संघले सरकारी निर्णय सच्याउदै सबै सरोकारवालाहरुसँग उचित समन्वयगरी महामारीको प्रभावकारी प्रतिकार्यका लागि गम्भीर हुन अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया