यस्तो छ बाँके प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १३:३८
यस्तो छ बाँके प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना

५ कात्तिक, २०७७ काठमाडौं । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोना संक्रमणका साथै लुटपाट, चोरी, डकैती, झै झगडाका घटनाहरु हुन नदिन बाँके प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना अघि सारेको छ ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपालगन्जको जमुनाहा नाकामा प्रहरीको तालिम प्राप्त कुकुरबाट चेकजाँच गर्न शुरु गरिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने मानिले विस्फोटक पदार्थ, साना हतियार र लागू औषध ल्याउन सक्ने आकलन गरेर सीमा नाकामा प्रहरीको तालिम प्राप्त कुकुरबाट चेकजाँच गर्न थालिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

सिमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरेर बेहोश बनाएर लुटपाट गर्ने जस्ता घटना नियन्त्रणका लागि प्रहरीलाई सक्रिय बनाइएको हो ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन बाँके प्रहरीले जिल्लाभर ६ सय ५० जना प्रहरी परिचालन गरेको छ । कुनै पनि शंकास्पद घटना भए तत्काल प्रहरीलाई खबर गर्न बाँके प्रहरीले अपिलसमेत गरेको छ ।

बाँके प्रहरीले नेपालगन्जको जमुनाहा नाका लगायत बढी भिडभाड हुने ६ वटा स्थानमा प्रहरी हेल्प डेक्स पनि स्थापना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *