Main News

यस्तो रह्यो विनाशकारी भूकम्पले भत्काएको रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १३:१६
यस्तो रह्यो विनाशकारी भूकम्पले भत्काएको रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन (फोटो फिचरसहित)

५ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

यस्तै राष्ट्रपति भण्डारीले सबै साँस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशासमेत व्यक्त गर्नुभयो । करिब ३ सय वर्षअघि कान्तिपुरका तत्कालिन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै साँस्कृतिक महत्व भएको पनि उहाँले बताउनुभयो ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुने पनि उहाँले बताउनुभयो । उहाँले यसबाट काठमाडौं उपत्यकाको विकास मात्रै नभई पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रानीपोखरीको पुनर्निर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गर्नुभएको थियो । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलीमा निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

२०७२ सालको भूकम्पले रानीपोखरी, दरबार हाइस्कूललगायतका देशभरका दर्जनभन्दा बढी सम्पदा क्षतिग्रस्त बनेको थियो। दरबार हाइस्कुल भने चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *