Political Hightlights

सरकारको निर्णयले भयावह अवस्था आउन सक्ने चेतावनी, सच्याउन विज्ञको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ३ गते २०:२७
सरकारको निर्णयले भयावह अवस्था आउन सक्ने चेतावनी, सच्याउन विज्ञको सुझाव (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको उपचार गर्न नसक्ने निर्णय गरेसँगै चौतर्फी रुपमा सरकारको आलोचना हुन थालेको छ । र आलोचना गर्नेमा विज्ञ पनि छन् । उनीहरुले सरकारको यस्तै निर्णयले कोरोना संक्रमण अझै भयावह हुने चेतावनी दिएका छन् ।

सरकारले संक्रमितको उपचार खर्च संक्रमित आफैंले तिर्नु पर्ने निर्णय सार्वजनिक गरे लगत्तै अस्पतालले विरामीबाट पैसा उठाउन थालिसकेका छन । यो सूचना त्यसैको प्रमाण हो ।

सूचनामा उपचारका लागि पैसा तिर्नु पर्ने कुरा मात्रै छैन खानाका लागि क्यान्टिनमा रकम जम्मा गर पनि भनिएको छ । यस्तै सूचना अरु अस्पतालले पनि निकालेका छन् ।

अर्थात कोरोना संक्रमितसँग पैसा असुल्नु भन्ने सरकारको निर्देशन भुइँमा पनि खस्न नपाउँदै लागू भैसकेको छ । सर्वोच्च अदालतले कोरोनाको परीक्षण र संक्रमितको उपचार निशुल्क गर्न पटक पटक दिएको आदेश अवहेलना गर्दै सरकार उपचारबाट पछि हटेको छ । र सरकारले यसरी हात उठाएकोमा विज्ञ चिन्तित छन । किनकी सरकारको कदमले झन भयावह अवस्था सिर्जना हुने उनीहरुलाई डर छ ।

कोरोना संक्रमितको उपचार आफै गर्नू भन्ने निर्णय मात्रै होईन, सरकारले कोरोना संक्रमितको व्यवस्थापन, पीसीआर परीक्षण, शव व्यवस्थापन लगायतमा पनि सरकारको भुमिका गलत रहेको विज्ञ बताउँछन ।

सरकारी अस्पतालमा निशुल्क पीसीआर परीक्षण र उपचार, होम आइसोलेसनमा बसेकाको निगरानी र व्यवस्थापन तथा होम आइसोलेशनमा बस्दा मृत्यु भएकाको शव व्यवस्थापन लगायतका काम राज्यले नै गर्नु पर्नेमाउनीहरुको जोड छ ।

सरकारले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै हात उठाउन पाउँदैन । सरकार उपचारको दायित्वबाट भाग्न पनि हुँदैन । त्यसैले निर्णय सच्चाउन विज्ञको सरकारलाइ सुझाव छ ।

सरकारले नागरिकको उपचार गर्ने दायित्वबाट भाग्न खोजेको होईन भन्दै आफ्नो बचाउन गरिरहेको छ । तर अस्पतालले निकालेका यी सूचनाले कोरोनाको उपचारबाट राज्य पन्छिएको पुष्टि हुन्छ । जुन नागरिक प्रति सरकारको गैह्रजिम्मेवारीपन हो । त्यसैले सरकार सच्चिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्