Main News

उपत्यकामा २३८८ नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १६:३७
उपत्यकामा २३८८ नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

३ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमित ४० हजार नाघेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको हो । योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज २ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

४० हजार ७ सय ७८ जना संक्रिय संक्रमितमध्ये २६ हजार ९२७ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार २ सय २५ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा ४ हजार २ सय ३२, प्रदेश २ मा ७ सय ३५, लुम्बिनी प्रदेशमा २ हजार ४ सय २०, सुदूरपश्चिम प्रदेशमा ५ सय ८३, गण्डकी प्रदेशमा ९ सय २५ र कर्णाली प्रदेशमा ८ सय ७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएका छन्। हालसम्म ९४ हजार ५ सय १ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *