Main News

कोरोना संक्रमितको उपचार निःशुल्क गर्न कांग्रेसको माग

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १४:४२
कोरोना संक्रमितको उपचार निःशुल्क गर्न कांग्रेसको माग

३ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय सच्याउन र सबैको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।

सरकार उपचारबाट पछि हटेपछि कांग्रेसले विज्ञप्ति निकालेर त्यसलाई अत्यन्तै गैरजिम्मेवार व्यवहार भनेको छ ।

उपचारको दायित्वबाट पन्छिए पछि ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमसमेत अन्त्य भएको र त्यसका लागि सरकार आफै उद्दत रहेको पुष्टि भएको कांग्रेसको ठहर छ ।

जनता सम्हाल्ने काम सरकारकै भएकाले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्नेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।

सर्वोच्च अदालतले केही अघि निःशुल्क परीक्षण र उपचारको प्रबन्ध मिलाउन दिएको आदेश सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ भन्ने प्रश्न उब्जिएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न ’ खडा भएको कांग्रेसको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *