नवलपरासीदेखि बर्दियासम्म बीओपी संख्या बढाउँदै सशस्त्र प्रहरी

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १३:२८
नवलपरासीदेखि बर्दियासम्म बीओपी संख्या बढाउँदै सशस्त्र प्रहरी

३ कात्तिक, २०७७, नवलपरासी । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सशस्त्र प्रहरी बलले नवलपरासीदेखि बर्दियासम्म बोर्डर आउट पोष्ट अर्थात बीओपीको संख्या बढाउदै गएको छ ।

सशस्त्र प्रहरी बलले २०७८ को असार मसान्तसम्म थप २४ वटा बीओपी स्थापना गरेर लुम्बिनी प्रदेशमा ५९ वटा बीओपी पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ ।

दुई दिनमा बाँके र बर्दियामा एकएक वटा बीओपी पोष्ट थपिएका छन् । ४ सय ८ किलोमिटर सिमावर्ती क्षेत्रमा ३५ वटा मात्रै सशस्त्र प्रहरी बलको बीओपी हुँदा एउटा बीओपी पोष्टले करिब १२ किलोमिटर क्षेत्रका खटिनुपर्ने अवस्था छ । अब बीओपी पोष्टको संख्या बढाएर सरकारले प्रत्येक ४ किलोमिटर क्षेत्रमा झार्ने लक्ष्य राखेको छ ।

भारतले भने नेपालको सिमावर्ती क्षेत्रमा ४ देखि ५ किलोमिटरको दूरीमा बीओपी पोष्ट स्थापना गरिसकेको छ ।

भारत र नेपालको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सहकार्य गरेर संयुक्त रुपमा गस्तीसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *