Main News

आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदै

हिमालय टिभी
२०७७ कार्तिक ३ गते ७:१८
आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदै

३ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदैछ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा स्वरुपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा नित्य पूजा गरिँदैछ । कोरोना संक्रमणका कारण शक्तिपिठहरुमा नित्य पूजा गरिएपनि भक्तजनहरुलाई प्रवेश दिइएको छैन ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, नुवाकोटको जालपा र भैरवी लगायतका शक्तिपीठहरुमा पनि नित्य पुजा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *