दार्चुलामा १७ किलो बढी अवैध यार्सागुम्बासहित एक जना पक्राउ
२०७७ कार्तिक २ गते १८:५०

२ कात्तिक, २०७७, दार्चुला । दार्चुलाको खलंगा पुल घाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
सदरमुकाम खलंगाको घाट बजारबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय डोकार लामालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले लामालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय दार्चुलालाई बुझाएको जानकारी दिनुभयो ।
प्रतिक्रिया