Main News

कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला, हवल्दार बेपत्ता

हिमालय टिभी
२०७७ कार्तिक २ गते १२:५८
कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला, हवल्दार बेपत्ता

२ कात्तिक, २०७७, कैलाली । कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् भने हवल्दार बेपत्ता रहेका छन् ।

जुगेडा चौकीबाट मोटरसाइकलमा सीमा क्षेत्रमा गस्तीमा गएका चौकीका इञ्चार्ज असई गोविन्द विकको शव मोहना नदीमा फेला परेको हो ।

त्यस्तै उनीसँगै गस्तीमा रहेका हवल्दार रामबहादुर साउँद बेपत्ता रहेको एसएसपी मुकेश सिंहले जानकारी दिनु भएको छ । चौकीबाट राति साढे ८ बजेको समयमा गस्तीमा निस्किएका दुबैजना साढे १० बजेदेखि सम्पर्कविहीन भएका थिए।

आज बिहान खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किलोमिटर टाढाको मोहना नदीमा शव फेला परेको थियो।

प्रहरी कार्यालय कैलालीले तस्करसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ। घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *