कर्मचारीमा कोरोना देखिएपछि पाल्पा जिल्ला अस्पतालको सबै सेवा बन्द

हिमालय टिभी
२०७७ कार्तिक १ गते १२:५६
कर्मचारीमा कोरोना देखिएपछि पाल्पा जिल्ला अस्पतालको सबै सेवा बन्द

१ कात्तिक, २०७७ पाल्पा । कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल पाल्पाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

अस्पतालमा कार्यरत चार जना कर्मचारीमा संक्रमणपश्चात अस्पतालले आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालले जनाएको हो ।

अस्पतालका २ चिकित्सकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा संक्रमण भएको अस्पतालले विज्ञप्तीमार्फत जनाएको छ ।

असोज २७ गते कर्मचारी र बिरामीसहित ९ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा शुक्रबार ७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

संक्रमण पुष्टि भएका अन्य ३ जना उपचारका लागि आएका बिरामी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *