विदेश

विश्वमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण, एकैदिन ४ लाख १३ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ कार्तिक १ गते ७:३३
विश्वमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण, एकैदिन ४ लाख १३ हजार बढी संक्रमित

१ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै बढीमा मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

गएको २४ घण्टामा विश्वभर झण्डै ४ लाख १३ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो । यसअघि यही अक्टोबर १० तारिखमा एकैदिन ३ लाख ९७ हजार भन्दा बढी संक्रमित थपिएका थिए ।

्केही दिनयता दैनिक संक्रमण दर केही कमी आएपछि पछिल्लो समय युरोप, अमेरिका तथा भारतमा संक्रमित संख्या फेरि बढ्न थालेका छन् ।

शुक्रबार सबैभन्दा बढी अमेरिकामा झण्डै ७२ हजार जनामा संक्रमण हुँदा भारतमा ६५ हजार तथा ब्राजिलमा ३० हजार भन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकामा संक्रमित संख्या ८३ लाख नजिक पुग्दा भारतमा ७४ लाख तथा ब्राजिलमा ५२ लाख भन्दा बढीमा संक्रमण भैसकेको छ ।

यस्तै शुक्रबार विश्वभर ६ हजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी ९ सय २८, भारतमा ८ सय ८६ तथा ब्राजिलमा ७ सय १६ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघिसकेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २९ करोड भन्दा बढी रहेको छ ।

यसैबीच फ्रान्सको राजधानी पेरिससहित ९ शहरमा आजदेखि रातको समयमा कम्तीमा ४ हप्ताको कर्फ्यु लागू भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *