Main News
अस्पतालहरुमा बेड, आइसीयू र औषधि अभाव भयोः चिकित्सक संघ
२०७७ असोज ३० गते १५:०४

३० असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भयावह बन्दै गएको र स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुग्न लागेको बताएको छ।
संघले आज विज्ञप्ति निकालेर अस्पतालहरुमा बेड, आइसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको अभाव भएको तर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।
औषधि, आवश्यक बेड र उपकरण अभावले कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको संघले जनाएको छ ।
ननकोभिड बिरोमीले समेत उपचार पाउन कठिनाइ उत्पन्न भएको भन्दै चिकित्सक संघले सबैको उपचार हुने वातावरण बनाउन आग्रह गरेको छ ।
संघले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसीयू बेड, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधि सहज उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग मा गरेको छ ।
प्रतिक्रिया