Main News

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

हिमालय टिभी
२०७७ असोज २९ गते ७:१६
पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

२९ असोज, २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ ।

एक्कासी रक्तचाप बढेपछि उहाँलाई हिजो साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्भवतः आज नै अस्पतालबाट डिस्चार्ज हुने उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *