Main News

बीमा गरेका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २८ गते १७:०८
बीमा गरेका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने (भिडियोसहित)

२८ असोज, २०७७ काठमाडौं । सरकार कोरोना परीक्षण र संक्रमितको उपचारबाट पछि हट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च संक्रमित स्वयंले नै व्यहोर्नु पर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण परीक्षणसम्बन्धी नेशनल टेष्टिङ गाइड लाइनको पाँचौ संशोधन गरी उपचार खर्च बीमा गरेका संक्रमितले व्यहोर्नुपर्ने व्यवस्था गरिएको हो ।

पछिल्लो निर्णय अनसार अब आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गरिने छ ।

सरकारको निःशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बीमा गरेको भए परीक्षण र उपचारमा खर्च भएको रकम पनि त्यै बीमा रकमबाट व्यहोरिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *