Political Hightlights

कर्णालीका मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास असफल

हिमालय टिभी
२०७७ असोज २७ गते १४:०५
कर्णालीका मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास असफल

२७ असोज, २०७७ सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउने प्रयास असफल भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएपछि शाहीको पद जोगिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट यामलाल कंडेलको नेतृत्वमा शाहीलाई मुख्यमन्त्रीबाट समेत अटाउने योजना सहित संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर माधवकुमार नेपाल समूहका ७ जनाले अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएपछि शाहीको सत्ता संकट टरेको हो ।

प्रचण्ड र नेपाल पक्षबीच शक्ति बाँडफाँडको सहमति भएको छ । जसको कार्यान्वयन मुख्यमन्त्री शाहीले शुरु गरिसक्नुभएको छ । आफू विरुद्ध हस्ताक्षर गर्ने कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले प्रमुख सचेतक बनाउनुभएको छ ।

यस्तै मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मन्त्री बनाउने सहमति भएको छ ।

प्रचण्ड पक्षसँग तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी नेपाल पक्षले सहमति गरेको हो । आफू निकट नेतामार्फत प्रचण्डलाई धक्का दिने ओलीको प्रयास कर्णालीमा प्रचण्ड र वरिष्ठ नेता नेपाल मिलेर असफल पारिदिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्