विदेश

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

हिमालय टिभी
२०७७ असोज २७ गते १३:१०
आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

२७ असोज, २०७७ काठमाडौं । आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ ।

मंगल ग्रह, पृथ्वी र सूर्य सीधा रेखामा पर्ने भएकाले पृथ्वीबाट मंगल ग्रह ठूलो र चम्किलो देखिने नासाले जनाएको छ । यी तीनवटा ग्रह १ सय ८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ ।

यस्तो दुर्लभ घटना हरेक २६ महिनामा आउने खगोलशास्त्रको भनाइ छ । अब मंगल ग्रहको यस्तो अवस्था सन् २ हजार २२ को डिसेम्बर महिनामा हुनेछ ।

सतहमा आइरन अक्साइडको मात्रा अत्यधिक रहेकाले यो रातो देखिने हुँदा रातो ग्रहका नामले समेत चिनिने पृथ्वीको जस्तै मंगल ग्रहमा उत्तर र दक्षिणी ध्रुव छ।

यहाँको न्यूनतम तापक्रम माइनस १ सय ४० डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरु बताउँछन् । मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ ।

मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६ सय ८७ दिन लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *