विदेश

कोरोनामुक्त भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पहिलो निर्वाचन र्‍यालीलाई सम्बोधन

हिमालय टिभी
२०७७ असोज २७ गते ७:३६
कोरोनामुक्त भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पहिलो निर्वाचन र्‍यालीलाई सम्बोधन

२७ असोज, २०७७ न्युयोर्क । कोरोना संक्रमणमुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो निर्वाचन र्‍याली सम्बोधन गरेका छन्।

राष्ट्रपति ट्रम्पले फ्लोरिडाको सनफोर्डमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य राम्रो रहेको र आफू रोग प्रतिरोधी बनेको बताए।

सामाजिक दूरी कायम नगरिएको चुनावी सभामा उनले आफूले कोरोना भाइरसलाई पराजित गरेको र सबैले पराजित गर्ने दाबी गरे । उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाउनुका साथै सञ्चारमाध्यम पनि पक्षपाती रहेको बताए।

ट्रम्पले आगामी चार दिनमा निर्वाचनका बेला कडा प्रतिस्पर्धा हुने ठानिएका चारवटा राज्यको भ्रमण गर्नेछन्। अमेरिकामा आगामी नोभेम्बर तीन तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यही अक्टोबर १ मा संक्रमण पुष्टि भएपछि ट्रम्प तीन दिनसम्म अस्पताल बसेका थिए । ट्रम्पसँगै उनको ह्वाइस हाउसका शीर्ष अधिकारीहरु पनि संक्रमित भएका थिए।

ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीले ट्रम्प संक्रमणको १२ दिनपछि संक्रमणमुक्त भएको बताएका छन् । राष्ट्रपतिको पीसीआर रिपोर्ट नेगेटिभ आएको र उनले अन्यमा संक्रमण नफैलाउने चिकित्सकले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *