Main News

नेपालमा थप ४ हजार ४७ जना कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज २६ गते १६:३७
नेपालमा थप ४ हजार ४७ जना कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

२६ असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर तिव्र भएको छ । पछिल्लो पटक १४ हजार ५ सय ३० नमूनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४७ जना संक्रमित थपिएका छन् ।

पीसीआर परीक्षण गर्ने मध्ये झण्डै २८ प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । यो दर अहिलेसम्मकै उच्च हो । थपिएका संक्रमित मध्ये आधा भन्दा धेरै २२ सय ८३ जना काठमाडौं उपत्यकामा छन् ।

काठमाडौंमा मात्रै १८ सय ८८ संक्रमित थपिएका छन् । ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङ र सुनसरीमा पनि संक्रमण उच्च देखिएको छ । आज सुनसरीमा २ सय ४९ र मोरङमा २ सय २३ संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीमा १ सय २५ सुर्खेतमा १ सय १, काभ्रेमा ९०, चितवनमा ७७, कास्कीमा ७६, झापामा ७१ र नवलपरासी पूर्वमा ६५ नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । ति मध्ये ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन् । पछिल्लो पटक १४ सय ७३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । जुन ६९ प्रतिशत मात्रै हो ।

२ सय ७९ संक्रमितको आइसीयु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमितका आधारमा नेपाल विश्वमा ३८ औ स्थानमा उक्लिएको छ ।

पछिल्लो पटक कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । देशमा मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

सुनसरीका ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंका ६३ र ६७ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, ललितपुरका ५० वर्षीय पुरुष, चितवनकी ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनु भएको हो ।

देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *