Main News

नागरिकले स्वास्थ्य सावधानी नअपनाए फेरि लकडाउन हुने सरकारको चेतावनी

हिमालय टिभी
२०७७ असोज २६ गते ७:३७
नागरिकले स्वास्थ्य सावधानी नअपनाए फेरि लकडाउन हुने सरकारको चेतावनी

२६ असोज, २०७७ काठमाडौं । नागरिकले स्वास्थ्य सावधानी नअपनाइ गतिविधि गरे फेरि लकडाउनको अवस्था आउन सक्ने भन्दै सरकारले सचेत गराएको छ ।

सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि फेरि लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको हो । नागरिकको जीवन रक्षाका लागि गरेका आग्रहको अवज्ञा भए फेरि लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो ।

नागरिकको जीवन रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।

अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको बताउँदै उहाँले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।

चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उहाँको भनाइ छ । लकडाउन गर्ने वा नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले सङ्क्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतता अपनाउन अपिल गर्नुभएको छ । काठमाण्डौ उपत्यकामा ६० प्रतिशत बढी सङ्क्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *