धनुषामा टोलटोलमा निस्शुल्क स्वास्थ्य शिविर (भिडियोसहित)
२५ असोज, २०७७, जनकपुरधाम । कोरोना भाइरस कोभिड–१९ महामारीका बेला दैनिक खानपानमै समस्या भइरहेका बेला शुलभ स्वास्थ्य उपचार दुर्लभ हुने नै भयो । लकडाउनको सुरु सुरुमा त चिकित्सक नै घरमा लुकेपछि उपचार नपाएर कयौले ज्यान गुमाउनु पर्यो । स्वास्थ्य उपचार पटक्कै भेटन छाडेपछि त्रसित विपन्न परिवारका लागि भने धनुषाका केही संस्था अगाडि सरेका छन् ।
जनकपुरधाममा अहिले टोलटोलमा निशुल्क स्वास्थ्य शिविर चलिरहेको छ । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानको अगुवाइमा प्रतिष्ठानकै जनकपुरधामस्थित शुभेच्छुक तथा कोभिड–१९ मा समाज सेवाका लागि गठित क्विक रेस्पोन्स टिमले स्वास्थ्य शिविर चलाइरहेको हो । क्विक रेस्पोन्स टिम गरिब विपन्न बस्तीमै चिकित्सकसहित पुग्छ । र, यसो गर्न थालेका पाँच हप्ता पुगिसकेको छ । अहिलेसम्म विभिन्न वडामा गरी करिव दुई हजार स्थानीले सेवा लिएका छन् ।
निःशुल्क शिविरमा हरेक विभागका विशेषज्ञ चिकित्सकको टिमले सम्बन्धित बिरामीको उपचार गर्छ । त्यति मात्र होइन ल्याब परीक्षणका साथै औषधिसमेत निःशुल्क वितरण भइरहेको छ । कोरोना कहरकाबीच वडा र टोलमै निशुल्क स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीय बासिन्दा पनि खुशी छन् ।
हप्ताको एक दिन शनिबार अभाव र समस्यामा रहेकाको सेवा गर्न पाउँदा चिकित्सक पनि खुसी छन् ।
कोरोनाको त्रासका कारण समस्या च्यापेर घरमै बस्न बाध्य नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर खुशीको कुरा हो । र, यस्ता राम्रा काममा अरुको पनि हातेमालो हुनु आवश्यक छ ।
प्रतिक्रिया