सरकारले भन्यो–डिस्चार्ज हुनेभन्दा संक्रमित बढे, अप्ठयारो परिस्थति आयो

२४ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमणको दर बढ्दै गएर अप्ठ्यारो परिस्थिति आएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले कोरोना संक्रमित डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै गएकाले धेरै अफ्ठ्यारो स्थिति आएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भन्नुभयो–“हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी छन् ।”
प्रवक्ता गौतमले भन्नुभयो, “उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ । यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आँकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं ।”
सरकारले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यालयमा कुनै पनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।
सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यस्ता कार्यहरु नगर्न अनुरोध गरेको हो ।
परिस्थितिलाई बुझेर, विज्ञहरु संग सल्लाह गरेर सरकारले नै उपयुक्त उपाय गर्नु पर्यो | खाली तथ्यांक मात्र देखाएर बस्ने हैन नि | एक्सनमा उत्रिनु पर्यो |