राजनीति

जसपाले बोलायो कात्तिक पहिलो हप्ता केन्द्रीय कार्यकारिणी समितिको बैठक

हिमालय टिभी
२०७७ असोज २४ गते १७:३७
जसपाले बोलायो कात्तिक पहिलो हप्ता केन्द्रीय कार्यकारिणी समितिको बैठक

२४ असोज, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कात्तिक पहिलो हप्ता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशोधन, नेताहरुको कार्यविभाजन र पार्टी समायोजनलगायतका विषयमा छलफल गर्न कात्तिक ३ र ४ गते बैठक बोलाइएको नेता रामसहाय प्रसाद यादवले जानकारी दिनुभयो ।

जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जसपा बनेको ६ महिना बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।

जसपाको पदाधिकारीमा अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव वरिष्ठ नेता अशोक राई, डाक्टर बाबुराम भट्टराई र राजेन्द्र महतो हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्