Main News

डा. केसीको जीवन रक्षामा सबै संवेदनशील बन्नुपर्छः प्रवक्ता श्रेष्ठ

हिमालय टिभी
२०७७ असोज २४ गते १३:२१
डा. केसीको जीवन रक्षामा सबै संवेदनशील बन्नुपर्छः प्रवक्ता श्रेष्ठ

२४ असोज, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबै संवेदनशील बन्नुपर्ने बताउनु भएको छ ।

प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसिरहनु भएका डा. केसीको जीवन रक्षामा सबै संवेदनशील बन्नुपर्ने बताउनु भएको हो ।

सरकार र डा. केसीका प्रतिनिधिहरुबीच गएराति भएको वार्ता पनि बिना निष्कर्ष सकिएपछि प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमार्फत वार्ता सफल पार्नुपर्ने र केसीको जीवन रक्षा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

डा. केसीको वार्ता टोलीका सदस्यहरुले बिहीबार भएको समझदारीभन्दा पनि शुक्रबार रातिको वार्तामा सरकार पक्ष पछि हटेपछि सहमति बन्न नसकेको बताएका छन्।

बिहीबार दुई चरणमा गरी लगभग ६ घण्टा डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच छलफल भई मस्यौदामा सहमति भएको थियो। डा‍. केसी विगत २७ दिनदेखि अनशनमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *