Main News

कोरोना संक्रमित भएपछि बाहिर हिँडडुल गरे ६ महिना कैद सजाय हुने

हिमालय टिभी
२०७७ असोज २३ गते १६:५०
कोरोना संक्रमित भएपछि बाहिर हिँडडुल गरे ६ महिना कैद सजाय हुने

२३ असोज, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरु आइसोलेसनमा नबसी हिँडडुल गरेको जानकारी आएको भन्दै उनीहरुविरुद्ध कठोर रुपमा उत्रने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने संक्रमितलाई पक्रेर ६ महिनासम्म जेल हाल्न सकिने चेतावनी दिनुभयो ।

मन्त्रालयले संक्रमण आशंकामा स्वाब दिएकाहरु पनि रिपोर्ट नआएसम्म घर बाहिर निस्कन नमिल्ने बताएको छ । रिपोर्ट नआएसम्म स्वाब दिएकाहरु क्वारन्टिनमा अनिवार्य बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

संक्रमण भएको शंकामा स्वाब दिएकाहरुलाई घरमा एक्लै बस्न र आफ्ना कामहरु अनलाइनबाट गर्न मन्त्रालयले सुझाव दिएको छ ।

मन्त्रालयले चाडबाडको नाममा घर बाहिर ननिस्कन, अनलाइन र फोनबाट आशिर्वाद लिन, भएकै पूरानै लुगा लगाई घरका सदस्यबीच मात्रै दशैं मनाउन पनि सचेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *