Main News

सरकारले वार्तामा गरेको ढिलाइप्रति अनशनरत डा.केसी पक्षको असन्तुष्टि

हिमालय टिभी
२०७७ असोज २३ गते १४:५६
सरकारले वार्तामा गरेको ढिलाइप्रति अनशनरत डा.केसी पक्षको असन्तुष्टि

२३ असोज, २०७७ काठमाडौं । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डाक्टर गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ ।

डाक्टर केसी पक्षले बिहीबारको वार्तापछि सरकारी टोली सम्पर्कमा नआएको भन्दै असन्तुष्टि जनाएका हुन् । सरकार र डाक्टर केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो ।

तर आज थप वार्ता हुन सकेको छैन । डाक्टर केसी पक्षले दिउँसो ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले चार बजेसम्म वार्ता नभए आन्दोलन घोषणा गर्ने जानकारी दिनुभएको छ ।

२९ भदौदेखि अनशन बसेका डाक्टर केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि भएको चिकित्सकहरुले बताएका छन् । निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *