सहसचिव पौडेल परराष्ट्र सचिवमा बढुवा
२३ असोज, २०७७ काठमाडौं । सरकारले सहसचिव भरतराज पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ ।
वरिष्ठ सहसचिवको रुपमा कार्यरत पौड्यालले परराष्ट्र मन्त्रालयको सचिव हुने अवसर पाउनुभएको हो । निवर्तमान सचिव शंकरदास वैरागीलाई सरकारले मुख्यसचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई बढुवा गरिएको हो ।
वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसक्नुभएका पौड्यालले परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा समेत काम गरिसक्नुभएको छ ।
पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आउनुभएको सहसचिव सेवा लम्साल र सहसचिव कालीप्रसाद पोखरेल पनि सचिवका दाबेदार हुनुहुन्थ्यो । यसअघि पौड्याल मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो ।
प्रतिक्रिया