विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ४४ हजारभन्दा बढीमा कोरोना संक्रमण
२३ असोज, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमण शुरु भएयता एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी तीन लाख ४५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ४४ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि हिजो तीन लाख ४३ हजार र अक्टोबर एक तारिखमा बढी ३ लाख २५ हजार भन्दा बढीमा संक्रमण भएको थियो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा ७१ हजार मानिस संक्रमित भएका छन् । यस्तै अमेरिकामा ५४ हजार तथा ब्राजिलमा २७ हजार भन्दा बढीमा संक्रमण भएको छ ।
अमेरिकामा हालसम्म संक्रमितको संख्या ७८ लाख ३१ हजार नाघेको छ । भारतमा ६९ लाख तथा ब्राजिलमा पचास लाख २९ हजार भन्दा बढीमा संक्रमण भैसकेको छ ।
यस्तै विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी एक हजार , अमेरिकामा ८ सय ७७ तथा ब्राजिलमा ७ सय ३० जनाको मृत्यु भएको छ ।
विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६६ हजार नाघेको छ ।
प्रतिक्रिया