Main News

प्रधानमन्त्रीका ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

हिमालय टिभी
२०७७ असोज २३ गते ७:०८
प्रधानमन्त्रीका ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

२३ असोज, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार कोरोनामुक्त भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा आएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त हुनुभएको छ ।

बिहीबार उहाँको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

उहाँसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उहाँहरु अहिले आइसोलेसनमा रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *