Main News
दशैंमा पुजारी मात्र उपस्थित भएर मन्दिरमा नित्य पूजा गर्न सरकारको आग्रह (भिडियोसहित)
२०७७ असोज २२ गते १९:५१
२२ असोज, २०७७ काठमाडौं । सरकारले दशैंमा पुजारी मात्र उपस्थित भएर मन्दिरमा नित्य पूजा गर्न आग्रह गरेको छ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना महामारीको जोखिम बढेका कारण दशैंमा मन्दिर नजान आग्रह गर्नुभयो ।
उहाँले पुजारीले मात्र दैनिक नित्य पूजा गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो । प्रवक्ता गौतमले भीडभाड हुने भएकाले दशैंमा पिङ्ग नहाल्न पनि आग्रह गर्नुभयो ।
कोरोना महामारीबाट जोगिनका लागि सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न समेत सबैलाई अपिल गरेको छ ।
प्रतिक्रिया