जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरीकाण्डको रहस्य खुल्दै

हिमालय टिभी
२०७७ असोज २२ गते १८:२४
जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरीकाण्डको रहस्य खुल्दै

२२ असोज, २०७७, जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरी काण्डको रहस्य खुल्दै गएको छ ।

केही दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा चन्दननाथ नगरपालिका १० बोहरागाउँ खोलापानेस्थित एक ओडार मुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला परेको छ ।

मंसिर २०७३ साल मंसीर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहिने शङ्ख भेटाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले बताउनु भयो ।

यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरू बेबारिसे अवस्थमा भेटिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *