Main News

लुम्बिनी प्रदेशको राजधानी दाङ भएपछि भालुबाङमा सांसदको भव्य स्वागत (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते २०:२१
लुम्बिनी प्रदेशको राजधानी दाङ भएपछि भालुबाङमा सांसदको भव्य स्वागत (भिडियोसहित)

२१ असोज, २०७७, दाङ । लुम्बिनी प्रदेशको राजधानी बनेको दाङको भालुबाङ क्षेत्रमा आज स्वागत कार्यक्रम भएको छ । दाङका बासिन्दाले प्रदेश राजधानी बनाउन भूमिका खेलेको भन्दै प्रदेश सभा सदस्यहरुलाई फूलमालाले स्वागत गरेका छन् ।

दाङका बजारमा नेपालको झन्डा फहराइएको छ । ठाउँठाउँमा स्वागत गेट बनाइएको छ र सँगसँगै उत्सव तथा स्वागत कार्यक्रम गरिएको छ ।

यो दृष्य अरु कुनै कार्यक्रम नभएर दाङ लुम्बिनी प्रदेशको राजधानी भएपछिको खुसियाली हो । दाङका बासिन्दाले राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सांसदहरुलाई भव्य स्वागत गरेका छन् ।

राजधानी भएपछि खुसी भएका भालुबाङबासी अब भौतिक पूर्वाधारको पर्खाइमा छन् ।

राजधानी तोकिएपछि पूर्वाधार निर्माणको योजनामा जुट्ने प्रदेश सांसदको प्रतिबद्धता छ । एक बर्षभित्रै डीपीआर तयार गरी काम अगाडि बढाउने सांसदको दाबी छ ।

अन्तर्राष्टियस्तरको अस्पताल लगायत सुविधा सम्पन्न भौतिक संरचना बनाउने सपना सांसदले बाँड्न थालेका छन् ।

राजधानी र नाम तय गर्न त झण्डै तीन वर्ष लगाएको प्रदेश नेतृत्वले अब विकास निर्माणको काममा मन लगाएर समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *