२१ असोज, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।
तीन अध्यक्षमध्येका एक डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको जानकारी दिँदै अबको चुनावमा राप्रपालाई देशको बलियो प्रजातान्त्रिक, राष्ट्रवादी शक्ति बनाउने महाअभियानमा संकल्पका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनावचिन्ह ‘हलो ।
डा. लोहनीले राष्ट्र निर्माणको अभियानमा आफूहरु सफल हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । राप्रपामा लोहनीसहित पशुपति शमशेर राणा र कमल थापा समेत अध्यक्ष हुनुहुन्छ ।