Main News

अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संघीय संसद्को भवन निरीक्षण

हिमालय टिभी
२०७७ असोज २० गते १८:२८
अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संघीय संसद्को भवन निरीक्षण

२० असोज, २०७७ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवन निर्माण कार्यको निरीक्षण गर्नुभएको छ ।

सिंहदरबार परिसरभित्र बनिरहेको संसद भवनको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिडका कारण आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक रहेको बताउनुभयो । समयभन्दा अगाडी नै निर्माण सम्पन्न गर्न तीन सिफ्टमा २४ घण्टा नै काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख दिलिप भण्डारीले तीनवर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको काममा कोभिडका कारण केही प्रभाव परेको बताउनुभयो ।

बर्खा र कोभिडका कारण समस्या भएकाले लक्ष्यअनुसार प्रगति नभएपनि तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न तीन सिफ्टमा काम गर्ने तयारी भइरहेको बताउनुभयो ।

आयोजना निर्माणको एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्य अनुसार काम हुन सकेको छैन । परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालय, विभिन्न समितिका भवन र हल बन्नेछन ।

साथै करिब तीन सय जना अटने सुरक्षाकर्मीका लागि छुटाछुट्टै भवन पनि निर्माण गरिने छ । राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने सम्बोधनका लागि दुवै सदनका सदस्य अटाउने एउटा हल समेत बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *