Main News
कालोबजारी गर्नेलाई जरिवाना गर्दा नियन्त्रण नभए कैद सजायः मन्त्री भट्ट
२०७७ असोज २० गते १३:४०

२० असोज, २०७७ धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेलाई जरिवाना मात्रैले नियन्त्रण नभए कैद सजाय समेत गर्ने बताउनु भएको छ ।
प्रेस संगठनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारीलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री भट्टले कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, धनगढी अत्तरिया करिडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापना गर्दै लैजाने बताउनुभयो ।
प्रतिक्रिया