Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज २० गते १२:४९
देशका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु

२० असोज २०७७ काठमाडौं । प्रदेश १ मा आज थप तीन जना र चितवनमा १ सहित चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । मृतक विगत पाँच वर्षदेखि ब्लड क्यान्सरका रोगी थिए ।

त्यस्तै ६ दिनअघि संक्रमण पुष्टि भएका रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि आजै बिहान मृत्यु भएको छ।

यही असोज १३ गते अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । ती पुरुषलाई मधुमेह रोग थियो ।

यस्तै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरानका ६४ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको छ ।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नवलपरासीको कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *