प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको औचित्य पुष्टि गर्न चुनौती

१९ असोज, २०७७, बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको औचित्य पुष्टि गर्न सरकारलाई चुनौती दिएको छ ।
सरकारी प्रस्तावको विरोध गर्दै प्रदेश सभा अवरुद्ध गरेको कांग्रेसले बुटवलको सट्टा दाङ राजधानी बनाउने प्रस्तावको विरोध गरेको हो । प्रदेश सभामा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडियाले प्रस्तावको पुष्टि गर्न मुख्यमन्त्री शंकर पोखरेललाई चुनौती दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आडमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानी दाङ सार्ने प्रस्ताव ल्याएको आरोप कांग्रेसको आरोप छ । सिंगो सदनले स्वामित्व लिनु पर्ने विषयमा सरकारले छलफल समेत नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
प्रदेश सभामा विरोध भएपनि कांग्रेसका केही केन्द्रीय सदस्यले भालुबाङ राजधानी बनाउने प्रस्तावको समर्थन गरेका छन ।
कांग्रेस नेता एवं संघीय सांसद पार्वता डीसी चौधरी, किशोरसिंह राठौर र सञ्जय गौतम पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरी, गोपाल दहित शिला खड्का, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे र रोल्पा कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले भालुबाङ राजधानी बनाउने प्रस्तावको समर्थन गर्नुभएको छ ।
प्रतिक्रिया