Main News

प्रदेश ५ को राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न नेकपा प्रदेश संसदीय दलको ह्वीप

हिमालय टिभी
२०७७ असोज १९ गते १३:०९
प्रदेश ५ को राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न नेकपा प्रदेश संसदीय दलको ह्वीप

१९ असोज, २०७७ बुटवल । प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारी प्रस्तावका पक्षमा मत हाल्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सरकारको निर्णयका पक्षमै मत हाल्न निर्देशन दिएको हो । बैठकमा मुख्यमन्त्री पोखरेलले सरकारको प्रस्तावका पक्षमा भोट हाल्न निर्देशन दिनुभएको छ ।

बैठकमा मुख्यमन्त्री पोखरेलले बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने वचन दिनुभएको छ । बैठकमा मुख्यमन्त्री पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने प्रष्ट पार्नुभएको छ ।

भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक राजधानी बनाउने गरी प्रस्ताव आएको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

यसले बुटवलका जनतालाई केही राहत भएको नेकपा प्रमुख सचेतक ढकालको प्रतिक्रिया छ । ८७ सदस्यीय प्रदेशसभामा ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्य छन ।

सरकारको प्रस्ताव पारित हुन ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङ भालुबाङ क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

यसैबीच दाङ राजधानी सार्ने प्रस्तावको विरोध गर्दै नेकपाका सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *