Main News

पोखराबाट ८ सय बढीले लिए पुनः श्रम स्वीकृति

हिमालय टिभी
२०७७ असोज १९ गते १२:५५
पोखराबाट ८ सय बढीले लिए पुनः श्रम स्वीकृति

१९ असोज, २०७७, पोखरा । विश्व महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) को कहरबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको तुलनामा संख्या कम भए पनि कोरोना कहरबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । चालु आर्थिक वर्ष २०७७/७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन् ।

यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन् भने आश्विन १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखरावाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताउनुभयो ।

यसअघि प्रतिदिन एकसयको हाराहारीमा सेवाग्राहीले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम भएको उहाँले बताउनुभयो । कोेभिड संक्रमणको जोखिम जारी भएको लकडाउनका कारण ६ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।

कार्यालय स्थापनासँगै गण्डकी प्रदेश सहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानु नपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरावाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *