Main News

चितवनमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १९ गते ९:१७
चितवनमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

१९ असोज, २०७७, चितवन । चितवनमा थप ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

आज बिहान सार्वजनिक विवरण अनुसार १ सय ८७ जनाको स्वाब नमूना परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित मध्ये सबैभन्दा धेरै चितवनका ४७ जना छन्।

त्यस्तै नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक(एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *