Main News

अनशनरत डा. केसीको अवस्था गम्भीर बन्दै, शिक्षण अस्पतालका चिकित्सक आन्दोलनमा

हिमालय टिभी
२०७७ असोज १८ गते १४:५३
अनशनरत डा. केसीको अवस्था गम्भीर बन्दै, शिक्षण अस्पतालका चिकित्सक आन्दोलनमा

१८ असोज, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।

केसीलाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या भएसँगै कृत्रिम अक्सिजन दिन सुरु गरिएको डाक्टर केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले जानकारी दिनुभयो ।

डाक्टर केसीले अन्य अत्यावश्यक तत्व र औषधि भने लिन मान्नुभएको छैन । डाक्टर केसीले १९औं अनशन सुरु गरेको आज २१ औं दिन हो ।

तर, सरकारले वार्ता गर्नसमेत चासो दिएको छैन । चिकित्सा शिक्षा सुधार र उपचार सेवा सर्वशुलभ बनाउन माग गर्दै आएका डाक्टर केसी माग पूरा नभएसम्म अनशन नतोड्ने अडानमा हुनुहुुन्छ । केसीसँग पहिले भएका सहमति समेत सरकारले कार्यान्वयन गरेको छैन ।

यसैबीच केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले डाक्टर केसीका माग पूरा गर्न सरकारलाई दबाव दिँदै प्रदर्शन गरेका छन् ।

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले वार्ताका लागि पहल नगरेको उनीहरुको गुनासो छ । सरकारले अहिलेको परिस्थितीमा केही गर्न नसकिने भन्दै केही दिनअघि डाक्टर केसीलाई अनशन तोड्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *