सात कांग्रेस केन्द्रीय सदस्यसहित १९ जनामा कोरोना पुष्टि, भोलिको केन्द्रीय समिति बैठक स्थगित

१८ असोज, २०७७ काठमाडौं । सातजना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
पार्टीका केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले तत्कालका लागि केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार स्थगित बैठक २५ गते बस्नेछ ।कोरोना संक्रमणका कारण कांग्रेसले केन्द्रीय कार्यालय पनि आज देखि २२ गतेसम्मका लागि बन्द गरेको छ ।
आज बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पनि अनिश्चित बनेको छ ।
कांग्रेसले केन्द्रीय सदस्यहरु, पदाधिकारी, कार्यालयका कर्मचारी र नेताका सुरक्षाकर्मी गरी २ सय ४१ स्वाब परीक्षण गरेको थियो । त्यसमध्ये अझै धेरैको रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया