Main News

कोरोना संक्रमण उच्च रहेकाले नागरिकलाई काठमाडौं नआउन सरकारको आग्रह

हिमालय टिभी
२०७७ असोज १७ गते १७:२५
कोरोना संक्रमण उच्च रहेकाले नागरिकलाई काठमाडौं नआउन सरकारको आग्रह

१७ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन नागरिकलाई आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नागरिकलाई काठमाडौं नआउन आग्रह गर्नुभयो ।

पछिल्लो समय उपत्यकामा संक्रमण उच्च दरमा बढेको छ । आज देशभर २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उपत्यकाका मात्रै १ हजार १ सय ७७ जना छन् ।

यस्तै हिजो उपत्यकामा मात्रै १६ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो । देशभर गरेर कुल संक्रमित ८४ हजार ५ सय ७० पुगेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३३ प्रतिशत अर्थात २७ हजार ९ सय १८ जना संक्रमित छन् ।

कोरोना संक्रमणमा आज जापानलाई उछिनेर नेपाल विश्वको ४५ औं स्थानमा उक्लिएको छ । नेपालभन्दा अघिल्लो स्थानमा चीन छ । चीनबाटै कोरोना भाइरस संक्रमण शुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *