Political Hightlights

आजका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

हिमालय टिभी
२०७७ असोज १७ गते १३:०४
आजका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

१७ असोज, २०७७ काठमाडौं । सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिबाट उत्पन्न विवादका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज दिउँसो चार बजेका लागि बोलाइएका बैठक भोलिका लागि सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक स्थगित गरिएको हो ।

बैठक भोलिका लागि सरेपनि समय भने निर्धारण भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको बताइएको छ । सरकारले अमेरिका, बेलायत लगायतका मुलुकमा राजदूत नियुक्त गरेपछि नेकपाका विवाद बढेको छ ।

प्रचण्ड सहितका अरु सचिवालय सदस्यले असन्तुष्टि राखेपछि सचिवालय वैठक बोलाइएको थियो ।मन्त्रिपरिषद विस्तारबारे कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले राजदूत सिफारिस गरेपछि असन्तुष्टि बढेको थियो ।

महत्वपूर्ण राजनीतिक नियुक्तिमा पार्टी भित्र छलफल गर्नुपर्ने पार्टी निर्णय प्रधानमन्त्री ओलीले उल्लंघन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्