Main News

सुनसरी, चितवन र कास्कीमा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १७ गते १२:५७
सुनसरी, चितवन र कास्कीमा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

१७ असोज, २०७७ काठमाडौं । सुनसरी, चितवन र कास्कीमा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका ७ कर्मचारीसहित धरानका ६१ जनामा संक्रमण भएको हो ।

संक्रमितमध्ये उपमहानगरपालिकामा कार्यरत इञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका ७ जना कर्मचारी रहेका छन्। त्यस्तै वडा नम्बर २ र १२ का जनप्रतिनिधिमा पनि संक्रमण भएको छ ।

यस्तै चितवनमा थप १८ जनामा संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् ।

संक्रमित हुने ११ जना पुरूष र ६ महिला छन् भने उनीहरु २४ देखि ६८ वर्ष उमेर समूहका छन् । यस्तै राप्ती(४ की ६२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा सङ्क्रमितमध्ये हालसम्म दुई हजार आठ सय ३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *