Main News
मोरङ र सुनसरीमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु
२०७७ असोज १७ गते १२:५३
१७ असोज, २०७७ काठमाडौं । पछिल्लो समय मोरङमा र सुनसरीमा एकएक गरी दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक महिलामा अन्य कुनै दीर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएलगत्तै ती महिलालाई अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।
विराटनगर महानगरपालिका–३ की ६८ वर्षकी महिलाको पनि उपचारका क्रममा कोशी अस्पताल कोभिड–नाइन्टिन उपचार केन्द्रमा ज्यान गएको केन्द्रका संयोजक डाक्टर दिपक सिग्देलले बताउनुभयो ।
असोज ११ गते अस्पताल भर्ना भएकी वृद्धमा दम र खोकीको पुरानो समस्या थियो ।
प्रतिक्रिया