रौतहटका दुई अलगअलग स्थानमा दुई बालिकाको मृत्यु
![रौतहटका दुई अलगअलग स्थानमा दुई बालिकाको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2020/05/death.jpeg)
१७ असोज, २०७७ रौतहट । रौतहटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालिकाको मृत्यु भएको छ ।
बृन्दावन नगरपालिकाको उखुबारीमा हिजो साँझ गढीमाइ नगरपालिका वाड नम्बर १ समनपुरका सिताराम साहको १३र१४ बर्षकी सन्जा कुमारी साहको शव फेला परेको छ ।
वृन्दावन नगरपालिका वडा नम्बर ४ पलटुवाटोल मामाघरमा बसेकी सन्जाको सोही गाउँका होस नारायण यादवको उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो । बालिकाको हत्या गरेर उखुबारीमा फालेका हुन सक्ने स्थानीयको आशंका छ ।
यस्तै रौतहटकै यमुनामाई गाउँपालिका वडा नम्बर २ भेडियाहीका राम शंकर राय यादवकी १२ वर्षीया छोरी ममिता कुमारी यादवको खोलामा डुबेर मृत्यु भएको छ ।
खोलामा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया